सिक्किममा नेपाली सिनेकर्मीको जमघट
-
, गान्तोक (सिक्किम)
कार्तिक २४, २०७३- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रत्येक वर्ष आयोजना गर्ने इनास चलचित्र अवार्डको चौथो संस्करण आज भारत सिक्किमको गान्तोकमा हुँदैछ । सुन्दरी पहाडी राज्यमा नेपाली फिल्मकर्मीहरुको अभुतपूर्व जमघट भएको छ ।
भारतमा नेपाली कलाकारको बृहत उपस्थितिमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरिएको सिक्किम फिल्म बोर्डका अध्यक्ष तथा नायक उत्तम प्रधानले जनाए । अवार्ड कार्यक्रममा नेपाली फिल्मी दुनियाका हस्तीहरुको उपस्थिति छ । तुलसी घिमिरे, टीका पहाडी, रमेश वुढाथोकी नीर शाह, राजेश हमाल, करिष्मा मानन्धर, सञ्चिता लुइटेल, आर्यन सिग्देल, निरुता सिंह, मनिषा कोइरालालगायतका फिल्मकर्मी र रन्जित गजमेर, मीरा राणा, याम वराललगायतका संगीतहस्तीहरु कार्यक्रममा सहभागी छन् । नायक उत्तम प्रधानले सिक्किममा आयोजना भएको अवार्ड कार्यक्रम ऐतिहासिक महत्वको हुने बताए ।

इनासले आयोजना गर्दै आएको उक्त अवार्डको चौथो संस्करणमा समावेश १९ विधाका उत्कृष्ट तीन मनोयनमा ‘पशुपति प्रसाद’, ‘क्लासिक’ र ‘कबड्डी कबड्डी’ फिल्मबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । यी तिनै फिल्म उत्कृष्ट फिल्मसहित निर्देशन, अभिनेतामा समान प्रतिस्पर्धी हुन् । निर्देशकका लागि दीपेन्द्र के खनाल, रामबाबु गुरुङ र दिनेश राउतबीच प्रतिस्पर्धा हुँदा अभिनेताका लागि खगेन्द्र लामिछाने, दयाहाङ राई र आर्यन सिग्देल भिड्ने छन् । अवार्डमा जुरी र पपुलर एक–एक विधासमेत राखिएको छ ।
त्यसैगरी, अभिनेत्रीका लागि ‘क्लासिक’ बाट नम्रता श्रेष्ठ, ‘सुन्तली’ की प्रियंका कार्की र ‘भाग सानी भाग’ की केकी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ भने नव– अभिनेत्रीतर्फको अवार्डका लागि साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स), वर्षा राउत (नाइँ नभन्नु ल ४) र आश्मा डिसी (आभास) भिड्ने भएका छन् ।
नव–अभिनेताका लागि भने ‘होस्टेल रिटर्न्स’ बाटै सुशील सिटौला र सुशील श्रेष्ठ परेका छन् भने दुवैले ‘अधकट्टी’ का प्रदीप बास्तोलासँग भिड्नुपर्ने भएको छ । पटकथा लेखनतर्फ भने ‘पशुपति प्रसाद’ का खगेन्द्र लामिछाने, ‘कबड्डी कबड्डी’ का द्वय रामबाबु गुरुङ र उपेन्द्र सुब्बासहित ‘ड्रिम्स’ का सामीप्यराज तिमिल्सेनाबीच सर्वोत्कृष्टताको भिडन्त हुनेछ । मनोनयनमा ‘क्लासिक’ नौ विधा, ‘कबड्डी कबड्डी’ ६ र ‘पशुपति प्रसाद’ ५ विधामा मनोनयनमा परेका हुन् ।
कार्यक्रममा सिक्किमका नागरिक बलिउड अभिनेता डेनी डेङजोङ्पालाई ‘लाईफ टाईम अचिभमेन्ट’ प्रदान गरिने भएपनि उनी भने कार्यक्रममा सहभागी नबन्ने निश्चित भएको छ ।
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई ग्लोवल पर्सनालिटी अवार्ड प्रदान गरिने छ । कार्यक्रममा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की सहभागी हुने भनिए पनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको थियो । कार्यक्रमको उद्घाटन आज अपरान्ह ४ वजे राज्यका गर्भनर श्रीनिवास पाटिलले गर्ने छन् ।
http://bit.ly/2feoN2w
No comments:
Post a Comment