भारु सटहीमा भारतले दिएन अझै जवाफ, अन्यौंलता बढ्यो
December 23, 2016
नेपाल राष्ट्र बैंकले नेपालमा रहेका भारु व्यवस्थापनका लागि आन्तरिक तयारी पूरा गरिसक्दा पनि भारत भने मौन छ । आफ्ना नागरिकहरुको समस्यालाई ख्याल गर्दै बैधानिक नोट व्यवस्थापनका लागि निरन्तर पहल गरिरहेको राष्ट्र बैंकले भारतले नोट सटही गरिदिएको अवस्थामा कसरी प्रभावकारी ढंगले नोट साटिदिनेसम्मको तयारी पुरा गरी बसेको छ । उसले नोट सटहीमा कोही अन्यायमा नपरुन् र बैधानिक भारुमात्रै साटियोस् भनेर एउटा सफ्टेवेर समेत बनाइसकेको छ । जसको माध्यमबाट भारतको सर्तअनुसार बैधानिक भारुमात्रै एकजना नेपालीले २५ हजारसम्म साट्न पाउँछन् । राष्ट्र बैंकले यतिका तयारी पूरा गरिसके पनि भारतले भने ‘ठाडा कान’ लगाएको छैन । नेपालीसँग रहेका २५ हजारसम्म भारु सटही गरिदिने नैतिक दायित्व भएपनि भारत अहिलेसम्म मौन बसेको हो ।
दुई हप्ताअघि भारतीय रिजर्भ बैंकले पनि नेपालीसँग रहेका नोट सटही गर्ने विषयमा भन्दै एक समिति गठन गरेको थियो । सो समितिले पनि आफ्नो तर्फबाट गर्ने काम पूरा गरिसकेको जनाएको छ । तर भारतीय अर्थ मन्त्रालयले भने नेपालमा रहेका नोट सटही गर्नेसम्बन्धमा फैसला गर्न ढिलाई गरेको हो । नेपाल राष्ट्र बैंकले पनि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठन गरेको समिति पनि आफ्नो सबै तयारी पूरा गरी भारतीय पक्षसँग छलफल गर्ने तयारीमा छ । तर भारतीय अधिकारीहरुले अहिलेसम्म समय दिने छाँटकाँट छैन । समिति संयोजक समेत रहेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी भन्छन्– ‘हामीले नोट व्यवस्थापनमा कुनै पनि प्रकारको समस्या नआओस् भनेर व्यवस्थापनका उपायसहित सबै तयारी पूरा गरिसकेका छौँ । अब हामी उता (भारत) को बोलावटको आसामा छाँ ।’ भारतले ढिलाई गरेकोप्रति उनले आशंका समेत व्यक्त गरे । ‘किन ढिलाई भईरहेको छ भन्नेमा हामी पनि अनभिज्ञ छा ।’ उनले भने । समितिले भारतीय रिजर्भ बैंकसँगै अर्थमन्त्रालयका अधिकारीहरुसँगको छलफलमा नेपालमा रहेका बैधानिक भारुमात्रै साट्ने र आइपर्न सक्ने समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे आफुले तयार गरेको कार्ययोजना प्रस्तुत गर्ने तयारी गरेको छ ।
- See more at: http://bankingkhabar.com/?p=15514#sthash.tkd4Jxzk.JnEvzN0R.dpuf

No comments:
Post a Comment