Tuesday, January 3, 2017

सर्वोच्चको निर्णयलाई सम्मान गर्छौं, पुस २२ को प्रदर्शन रोक्दैनौं

  • एमाले स्थायी समितिको निर्णय
कान्तिपुर संवाददाता , कृष्णप्रसाद खनाल  ,  काठमाडौं;

पुस १९, २०७३- एमाले स्थायी कमिटीले यही पुस २२ गते हुने भनिएको प्रदर्शन नरोक्ने निर्णय गरेको छ । उसले सर्वोच्च अदालतले सोमबार गरेको निर्णयलाई सम्मान गर्ने उल्लेख गर्दै संविधान संशोधन फिर्ता गर्न सरकारलाई पुन आग्रह गरेको छ । 
'प्रदेश सभाको सहमतिबिना प्रदेशको सीमांकन हेरफेर हुन सक्दैन भनी संविधानमा उल्लेखित व्यवस्था र हाम्रो पार्टीको अडानलाई सर्वोच्च अदालतको हिजोको फैसलाले थप पुष्टि गरेको छ' बैठक पछि सचिव योगेश भट्टराईले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, 'बैठकले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन र राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।'
विकसित नयाँ परिस्थितिका सन्दर्भमा संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेका संघर्षरत ९ राजनीतिक दल लगायत व्यवस्थापिका संसदमा रहेका राजनीतिक दलहरुसहित विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग परामर्श गरी पार्टीले भावी कदमको बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको उल्लेख गरिएको छ ।


http://bit.ly/2iys5gO

लामो समयदेखि रामेछापमा औषधि अभाव

, रामेछाप

पुस १९, २०७३- मागबमोजिम औषधि उत्पादक कम्पनीले आपूर्ति गर्न नसक्दा रामेछापमा नागरिकले नि:शुल्क पाउने औषधिको अभाव चुलिएको छ । जिल्लाका दर्जनौं स्वास्थ्य संस्थामा सामान्य सिटामोल र रोग प्रतिरोधात्मक एन्टिवायोटिक औषधिहरु पाइन छाडेको छ ।
पुरानागाउँ स्वास्थ्य चौकीमा आँखा र ग्याष्टिकका लागि औषधि सकिएको डेढ महिना भयो । ‘धेरै बिरामी ग्याष्टिककै आउँछन्’ चौकीका प्रमुख राजकुमार आरण भन्छन्– त्यही औषधिचाहिँ चलाउन पाइएको छैन । आँखाको समस्या पनि उत्तिकै आउने गरेको उनले सुनाए । धेरै बिरामी आउने स्वास्थ्य चौकीमा पर्ने पुरानागाउँमा औषधि सकिएपछि कम बिरामी हुने चिसापानी र पिङ्खुरी गाविसमा रहेका स्वास्थ्य संस्थाको औषधि लगेर आरणले काम चलाए । त्यसरी लगिएको औषधि पनि केही दिन अघिबाट सकियो । ‘जिल्ला स्वास्थ्यको गोदाममा म आफैं पुगेर हेरे त्यहाँ पनि छैन’ उनले दुखेसो पोखे ।
 
बिरामीको संख्या न्यून हुने गाविसमा भने औषधिको अभाव त्यति भइसकेको छैन । भूकम्प अतिप्रभावित दुरागाउँमा अझै डेढ महिनालाई पुग्ने औषधि रहेको स्वास्थ्य चौकी प्रमुख गौरीशंकर ठाकुरले बताए ।
 
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशकुमार शाहका अनुसार गएको तीन महिना अघिनै औषधि खरिदका लागि टेण्डर भएको थियो । टेण्डर भएकोमध्ये अधिकांश औषधि जिल्लाको स्टोरमा आइसकेको छ । तर केही औषधि बजारमा उपलब्ध नभएका कारण आपूर्ति हुनसकेको छैन । पुरै औषधि नआइ स्टोर दाखिला र वितरण गर्न उपकरणका  कारण सकिँदैन । स्वास्थ्यले प्रयोग गर्ने उपकरण एकै औषधिको पटक पटक दाखिलामैत्री छैन ।
टेण्डर गरिएको औषधिमध्ये अलिकति पनि पाइएको छैन भने केही कम परिमाणमा आएको छ । साहका अनुसार टेण्डरमा ३ लाख ट्यावलेट सिटामोल मागिएकोमा हाल १ लाख मात्र जिल्लामा आएको छ । आएको सिटामोल समेत वितरण गर्न सकिएको छैन । औषधि आपूर्ति गर्ने समय बाँकी नै रहेकोले तोकिएको अवधिमा अरु औषधि आइपुग्ने आशामा जिल्ला स्वास्थ्य कार्यालय रहेको छ । धेरै जिल्लाले प्राय: एकै समयमा टेण्डर गरेकाले बजारमा औषधि अभाव सिर्जना भएको हो ।
 
नि:शुल्क वितरण हुने औषधिमध्ये जिल्लाले टेण्डर गरेको २० प्रतिशतका लागि मात्रै हो । ८० प्रतिशत औषधि स्वास्थ्यको केन्द्र र क्षेत्रीय कार्यालयले आपूर्ति गर्ने गर्छ । हरेक चौमासिकमा आपूर्ति गर्नुपर्ने औषधि ५ महिना बितिसक्दा पनि जिल्लामा आएको छैन । माथिल्लो निकायमा औषधि सकिएको कुरा जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराइसकेको छ ।
जिल्लामा औषधि आएपछि पनि सम्बन्धित स्वास्थ्य चौकीमा औषधि पुर्‍याउन केही दिन लाग्छ । केही गाविसमा अझै सडक सडक सुविधा नपुग्दा औषधि ढुवानी समस्या बन्दै आएको छ । जिल्लामा औषधि हुनासाथ अत्यावश्यक भएका स्वास्थ्यचौकीलाई जिल्ला स्वास्थ्यले आफ्नो र सार्वजनिक भाडाका साधन लगाएर भए पनि चाँडोभन्दा चाँडो औषधि आपूर्ति गर्ने जनाएको छ ।
   
प्रकाशित: पुस १९, २०७३


http://bit.ly/2hMqgQd
पुस १९, २०७३- 
तस्बिर: कृष्ण प्रसाद  खनाल 
पश्चिमी वायुको प्रभाव (वेष्ट्रन्ली डिस्ट्रभेन्स)का कारण उत्पन्न भएको मौसमी गडबडीले आइतबार र सोमबार काठमाडौं उपत्यका लगायत मुलुकका पहाडी र हिमाली अधिकांश भागमा वर्षा तथा हिमपात भयो ।
काठमाडौंमा सोमबार राति ठूलै पानी पर्‍यो । लामोसमय पानी नपर्दा उपत्यका तुँवालोले ढाकिएको थियो । जसले गर्दा भिजिविलिटी कम थियो । तर आइतबार र सोमबार पानी परेपछि मंगलबार बिहान तुँवालो हट्यो, आकाश खुल्यो र नजिकैका हिमाल टलक्कै टल्कियो ।
मंगलबार बिहानै भक्तपुरको घ्याम्पेडाँडाबाट देखिएका केही दृश्यहरु ।

http://krishnadstudio.blogspot.in

http://bit.ly/2hMWYBb

Friday, December 23, 2016

शुभ साइत तथा मुहुर्तहरू - २०७३

बैशाख
४ ५ ६ ८ १० १४ १५ ,

आषाढ
२७ २९ ३० ,

मंसिर
९ १० १५ १६ १८ २३ २४ २७ २८ २९ ,

माघ
३ ४ ९ ११ १९ २० २३ २४ ,

फाल्गुण
३ ७ १२ १७ २१ २९ ३० ,
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ। बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला। कामको दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्न सक्छन्। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउने समय छ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। बलजफ्ती गर्नाले काम बिग्रन सक्छ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusखराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। महत्वपूर्ण काममा अनायासै बाधा वा हस्तक्षेप हुने देखिन्छ, सचेत रहनुहोला। केही दण्ड–जरिवाना पनि सम्भावना छ। हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। केही जरिवानामा परिने सम्भावना छ। शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमहिना मिश्रित प्रकारको रहनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। तर घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ। महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्। समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका हुने र परिवारजनमा असन्तुष्टि बढ्ने समय छ । जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्। आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoस्वास्थ्यमा मौसमी गडबडीले सताउन सक्छ। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। अधिकार जोगाउन कडा रूपमा प्रस्तुत हुनुपर्ला। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद अउन सक्छ। अवसरका लागि अलि दौडधुप गर्नुपर्ने समय छ। परिवारजनको सहमति नजुट्नाले आँटेको काममा विलम्ब हुनेछ। आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ । (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoघर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिवारजनमा केही असमझदारी बढ्न सक्छ। चोटपटक, ज्वरो जस्ता समस्या पनि देखा पर्न सक्छन्। आमाको स्वास्थ्यस्थिति कमजोर बन्न सक्छ। घरेलु समस्याले केही चिन्ता बढाउला। तापनि, प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुटाउने प्रयास गर्नुहोला। अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला। प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइमा असमझदारी बढ्ने सम्भावना छ। समाजमा प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट हुन सक्छ। प्रतिष्ठा जोगाउन सफल रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पराक्रम बढ्नेछ भने प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा चुनौती देखापर्न सक्छन्। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। सामाजिक प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुने समय आएको छ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थितिलाई बेवास्ता गर्दा क्षेत्राधिकार संकुचित बन्न सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले सताउन सक्छ। समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। विपरीत लिंगीहरूको माध्यमबाट सामान्य लाभ होला। मन मिल्ने साथीभाइ टाढिन सक्छन्। प्रेम सम्बन्धमा पनि समस्या आउन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। यस महिनामा आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ। लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला। दौडधुप र प्रयत्नले मात्र काम नबन्न सक्छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिएला। वादविवाद र झैझगडाबाट टाढै बस्नुहोला। विपरीत लिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन्। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। एक पछि अर्को गर्दै महत्वाकांक्षा पूरा हुन सक्छ। ठूला काम गर्दा भने अलि सजग रहनुहोला। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकीर्तिमानी काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। भौतिक साधन समेत जुट्ने समय छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। घरमा मंगलमय कार्य सम्पादन हुने समय छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
पुस, २०७३

नेपाल एसबिआई बैंकले भित्र्यायो दुई नयाँ प्रोडक्ट, केशर महलमा कर्पोरेट शाखा 

December 23, 2016
 10  0  0  10 
 
 
नेपाल एसबिआई बैंक लिमिटेडले पेमेन्ट गेटवे फेज–दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ्ग सेवा (Pos Terminal) सुरु गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे र स्टेट बैंक अफ इन्डिया, अन्तराष्ट्रिय बैंकिङ्ग विभागका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेनगुप्ताले राजधानीमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उक्त बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । आफ्ना ग्राहकहरुका लागि उच्चस्तरीय बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकले यी सेवा सञ्चालनमा ल्याएको हो । 
पेमेन्ट गेटवे फेज–दुई अन्तर्गत भारतमा रहेका नेपालीहरुले तत्काल नेपालमा पैसा पठाउन सक्नेछन् । हालसम्म नगद भारतबाट नेपालमा नगद पठाउने उपयुक्त तथा सुरक्षित माध्यम नहुँदा नेपाली कामदारहरुले सास्ती बेहोर्नु परेको थियो । यो नयाँ प्रडक्टले उनीहरुलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 
त्यसैगरी, मर्चेन्ट एक्वायरिङ्ग सेवाले सेवाग्राहीलाई सुरक्षित रुपमा बैंकिङ कारोबार गर्न सहयोग गर्नेछ । यस्तो टर्मिनलबाट कारोबार गर्दा कार्डवाला आधिकारिक व्यक्तिले आफै पिन कोड इण्ट्री गरेपछि मात्रै कारोबार सफल हुनेछ । यसले गर्दा ग्राहकको कार्डको दुरुपयोग हुने र अनावश्यक रकम भुक्तानी हुने सम्भावना कम भएर जाने बैंकले जनाएको छ । सानो र सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने यस्ता टर्मिनलहरु सिम कार्डको सहायताले सञ्चालन गर्न सकिन्छ ।
नयाँ प्रडक्टको शुभारम्भ गर्दै नेपालका लागि भारतीय राजदूत रायले नयाँ पेमेण्ट गेटवेले भारतमा रहेका नेपाली दाजुभाइहरुलाई सुरक्षितरुपले घरमा पैसा पठाउन मद्दत गर्ने बताए । कार्याक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आईटीमा आधारित नयाँ सेवा सुभारम्भ गरेकोमा बैंकलाई बधाइ दिए । साथै, केन्द्रीय बैंक लाइसेन्सिङ नीतिमा उदार भएको र बैंक तथा वित्तीय संस्थालाई नयाँ प्रडक्टको विकास र कार्यान्वयन गर्न सधैं प्रोत्साहित र सहयोग गरेको समेत उनले बताए ।
त्यस्तै, बैंकको बोर्ड अफ डाइरेक्टरका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रविधिमा आधारित बैंकिङका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि बैंकले निरन्तर प्रयास गरेको र आगामी दिनमा अझ उच्च प्रविधि भित्र्याउन प्रयास गर्ने जानकारी दिए । एसबीआई मुम्बइका अन्तरराष्ट्रिय बैंकिङ नायब प्रवन्ध निर्देशक सिद्धार्थ सेनगुप्ताले डिजिटल बैंकिङमार्फत आफ्ना ग्राहकहरुलाई सजिलो र स्तरीय बैंकिङ सेवा दिन बैंकले निरन्तर प्रयत्न गरिरहेको जिकिर गरे । साथै, एसबीआई बैंकले नेपाल एसबीआई बैंकलाई डिजिटल बैंकिङका क्षेत्रमा लिडर बनेको देख्न चाहेको समेत उनले बताए । बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले बैंकले आगामी दिनमा प्रविधिमा आधारित थप प्रडक्ट ल्याउने जानकारी दिए । सेवाग्राहीलाई सरल र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउनु बैंकको लक्ष्य रहेको उनको भनाइ थियो ।
केशर महलमा कर्पोरेट शाखा
यसैबीच, बैंकले काठमाडौंको केशर महलमा कर्पोरेट शाखाको उद्घाटन गरेको छ । एसबीआई मुम्बइका सिद्धार्थ सेनगुप्ताले एक कार्यक्रमबा बीच सो शाखाको उद्घाटन गरे । नेपाल एसबीआई बैंकले हाल ६२ शाखा कार्यालय र ७ एक्सटेन्सन काउण्टरसहित ६९ कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका तीन क्षेत्रीय कार्यालय र एक कर्पोरेट अफिस तथा मुलुकभर ९१ एटीएम र दुई मोबाइल एटीएम तथा दुई क्यास डिपोजिट मेशिन (सीडीएम) छन् । 
- See more at: http://bankingkhabar.com/?p=15526#sthash.m8xYmyem.dpuf

Thursday, December 22, 2016

राष्ट्र बैंक भन्छ– ‘भारु अभाव हल्ला मात्रै, हामीसँग साढे चार अर्ब भारु छ’  

December 23, 2016
 48  0  0  48 
 
 
नेपाल राष्ट्र बैंकले नेपालमा भारु नोटको अभाव नरहेको दाबी गरेको छ । सीमावर्ती क्षेत्रका नागरिकहरु भारु अभावको सामना गरिरहेपनि नेपाल राष्ट्र बैंकले भने आफुसँग झण्डै साढे चार अर्ब भारु रहेको दाबी गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकसँग झण्डै साढे चार अर्ब रुपैयाँ बराबरको १०० र ५० को भारु रहेको बताए । ‘भारु अभाव भयो भन्ने हल्लामात्रै हो’, उनले भने, ‘हामीसँग यत्रो रकम हुँदा हुँदै कसरी हुन्छ भारु अभाव ?’
यद्यपी हल्लाले केही प्रभाव पारेको हुन सक्ने उनले बताए । ‘भर्खर भारतले गरेको नोट प्रतिबन्ध र त्यसपछिका हल्लाले केही प्रभाव पारेको हुन सक्छ, तर राष्ट्र बैंकसँग भारु भएकाले यसको अभाव छैन ।’ उनले भने । 
- See more at: http://bankingkhabar.com/?p=15434#sthash.pjgDt9Rc.dpuf