Wednesday, January 4, 2017

बिजुली उत्पादन २५ प्रतिशत बढ्यो, पोखरा लोडसेडिङमुक्त

मंगलाबार , १९  पुष २०७३, १० : ४५ |  


काठमाडौं—सञ्चालनमा रहेका आयोजनाबाटै २५ प्रतिशत बिजुली उत्पादन बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाबाट उत्पादित बिजुली अधिकतम उपयोग गर्न सकेका कारण लोडसेडिङ कम गर्न सकिएको प्राधिकरणको भनाइ छ।
आयोजनाबाट उत्पादित बिजुलीको उचित व्यवस्थापन गरेकै कारण काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत आयोजनाबाट उत्पादन हुन सक्नेसम्मको बिजुली उत्पादन गरेका छौं,’ उनले भने, ‘उपत्यकाबाहिर पोखरामा पनि लोडसेडिङ हटाउन सफल भएका छौं ।’
 
‘विद्युत छैन भनेर सानातिना काममा मात्रै अल्झन छोड्नुस,’ उनले भने, अब ठूला उद्योग ल्याउने तयारी गर्नुस, यो वर्ष नै नसके पनि अर्को वर्षदेखि तपाईंहरुले मागेजति बिजुली दिन सकिन्छ, त्यसको तयारीमा लाग्नुस्।’
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
भारतबाट आएको थप ४० मेगावाटले पूर्वाञ्चलमा पनि बढी बिजुली खपत हुने समय (पिक आवर) मा लोडसेडिङ हटाउन सफल भएको उनले बताए। ‘देशभरबाट लोडसेडिङ सधैको लागि अन्त्य गर्न योजनामा छौं,’ उनले भने, ‘कुशलतापूर्वक व्यवस्थापन गरेकै कारण लोडसेडिङ घटाउन सफल भएका हौं ।’
देशभरबाट सधैंको लागि लोडसेडिङ अन्त्य गर्न आपूर्ति प्रणाली चुस्त बनाउनुपर्ने आवश्यकता देखिएकोले १० हजार नयाँ ट्रान्सफरमर थप्ने योजना अगाडि बढाइएको उनले जानकारी दिए । हाल प्राधिकरणसँग २३ हजार ट्रान्सफरमर छन् ।
‘अबको चुनौती भनेको बिजुलीको माग बढाउनु हो,’ उनले भने ‘ट्रान्सफरमर नथपी माग बढाउन सकिदैन, यसैले ट्रान्सफरमर थप्ने योजना बनाएका छौं,’ काठमाडौं उपत्यकाको विद्युत माग २ हजार मेगावाट बनाउन आफू लागिपरेको उनको भनाइ छ । अहिले उपत्यकाको दैनिक माग ३०० मेगावाट हाराहारी छ ।
उद्योगधन्दा बढाउनुपर्ने भएकोले नेपालमा जति पनि बिजुली खपत हुने भन्दै उनले ढुक्क भएर उत्पादन वृद्धिमा लाग्न उत्पादकलाई आग्रह पनि गरे। ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत अभाव छ भन्ने चिन्ता मनमा बोकेर सानोतिनो काममा मात्रै लाग्ने बानी त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
‘विद्युत छैन भनेर सानातिना काममा मात्रै अल्झन छोड्नुस,’ उनले भने, अब ठूला उद्योग ल्याउने तयारी गर्नुस, यो वर्ष नै नसके पनि अर्को वर्षदेखि तपाईंहरुले मागेजति बिजुली दिन सकिन्छ, त्यसको तयारीमा लाग्नुस्।’
तत्काल केही बिजुली दिन सक्ने र अर्को वर्षदेखि उद्योगले मागे जति दिने पनि उनले जानकारी दिए । अहिले पनि उद्योगलाई चाहिने जति बिजुली दिन सकिने तर अहिले अर्को देशबाट किनेर दिनुपर्ने तथा आगामी वर्षदेखि स्वदेशी उत्पादनबाटै माग अनुसारको बिजुली दिन सकिने उनले प्रस्ट पारे।
यस्तै निजी विद्युत उत्पादकसँग ३ हजार मेगावाट बिजुली खरिदको सम्झौता (पिपिए) भइसकेको जानकारी दिँदै उनले त्यस्ता उत्पादकलाई थप सुविधा र सहुलियत दिएर चाँडो उत्पादन गरिसक्न प्रोत्साहित गरिने बताए।
जलाशययुक्त र अत्याधिक माग हुने समय (पिकिङ आवर) मा विद्युत उत्पादन गर्ने उत्पादकसँग नयाँ दरमा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पनि मन्त्री शर्माले जानकारी दिए।
यस्तै निजी क्षेत्रका जलविद्युत उत्पादकलाई प्रतिमेगावाट ५० लाख रुपैयाँसम्मको भ्याट फिर्ता दिने निर्णय आफूले गरिसकेको भन्दै उनले ‘पोस्टेड रेट’ दिने सम्बन्धमा पनि निर्णय भइसकेको बताए। ‘मैले तपाईंहरुको पक्षमा धमाधम निर्णय गरेको छु, त्यसको प्रतिफल तपाईंहरुले प्राप्त गरिनसकेको पनि हुन सक्छ,’ उनले भने, ‘मैले गरेका निर्णयको बोधार्थ चाहिन्छ भने दिन तयार छु ।’
अहिले लोडसेडिङ अन्त्य हुनुको पछाडि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आफ्नो व्यक्तिगत मेहनत बढी परेको मन्त्री शर्माले दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले गत वर्ष १०–१२ घन्टा लोडसेडिङ हुने गरेकोमा अहिले त्यो घटेर ४ घन्टामा सीमित भएको बताए। ‘ऊर्जामन्त्री र प्राधिकरणका एमडीले चमत्कार गरे,’ उनले भने, ‘यस्तो कार्यले सबैमा उत्साह थपेको छ।’
महासंघको ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले ४५६ मेगावाट क्षमताको तामाकोसी आयोजनाबाट विद्युत उत्पादन भएपछि वर्षामा बढी हुने बताए। ‘तामाकोसी आयोजनाबाट विद्युत आएपछि खेर जाने सम्भावना छ,’ उनले भने, ‘खेर जाने बिजुलीको व्यवस्थापन गर्नुपर्छ।’
थप.जानकारी को लागि।   KRISHNADSTUDIO.BLOGSPOT.COM मा  हेर्नुस् 

Tuesday, January 3, 2017

फुरुरु हिउँ पर्‍यो तेह्रथुम लेकैमा

कृष्णप्रसाद खनाल 

पुस १९, २०७३- तेह्रथुमको माथिल्लो क्षेत्रमा आज अपरान्हदेखि हिमपात सुरु भएको छ । वर्षासँगै हिमपात सुरु भएपछि माथिल्लो क्षेत्रको जनजीवन प्रभावित भएको छ । 
जिल्लाको पर्यटकीय क्षेत्र चित्रे, नुनथला, पटेकडाँडा, तीनजुरे, मंगलबारे, गुफा, मिल्के लगायतका क्षेत्रमा अहिले हिउँ परीरहेको छ । संखुवासभाको चौकी बजारमा पनि बाक्लो हिउँ परीरहेको स्थानीय उदय कुमार तामाङले बताए ।
 
बजारसहित आसपासका लेकाली वस्तीमा पानी सँगै बाक्लो हिउँ परीरहेकाले स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन् । तीनजुरे मिल्के जलजले क्षेत्रमा पनि बाक्लो हिउँ परीरहेको छ । एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा तामाङले बताए । 
कोशी राजमार्गको सिधुवादेखि चित्रेसम्मको सडकमा बाक्लो हिउँ जमेकाले सवारी आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रमुख भिम कटुवालले बताए । हिउँमा सवारी चिप्लीने भएकाले होसीयारी पूर्वक सवारी चलाउन चालकलाई ट्राफिक प्रहरीले सुझाव दिईरहेको छ । सडकमा हिउँ जमेपछि पूर्वी तराईदेखि आएका सवारी साधनबिच बाटैमा रोकीएका छन् । 



http://bit.ly/2iyuGHF

त्रिपालमुनि विद्यार्थी

  • सातवटा बेन्चमा आठ कक्षासम्मका विद्यार्थी कोचिएका छन्, बाँसले बनाइएका अस्थायी केन्द्रमा सिरेटो पसेर बसिसाध्य हुँदैन
कृष्णप्रसाद  खनाल , इटहरी 

पुस २०, २०७३- हरिया दुईवटा त्रिपालमुनि सातवटा बेन्च । भुइँमा खम्बा गाडेर बनाइएका डेस्क । न ब्ल्याकबोर्ड न चक–डस्टर । शिक्षकका लागि कुर्सीसम्म छैन । विद्यालय भनेर पत्याउनै सकिँदैन । तर, लेखपराजुल ३ स्थित जनज्योति निमावि अढाइ वर्षयता यस्तै हबिगत बेहोरिरहेको छ । सातवटा बेन्चमा आठ कक्षासम्मका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ ।
२०७१ साउन २९ गतेको पहिरोले विद्यालय भवन बगाएपछि पठनपाठनमा समस्या भएको हो । भवन पुनर्निर्माणका लागि अहिलेसम्म योजना नै बनेको छैन । कक्षाकोठा अभावले विद्यार्थीको कन्तबिजोग छ । कक्षा ७ का सुमन राम्जाली बोर्डमा नलेखिँदा शिक्षकले पढाएको बुझ्न गाह्रो भएको दु:खेसो पोख्छन् । ‘अन्य विषयमा खासै समस्या हुँदैन । अंग्रेजी, गणित र विज्ञानमा सिक्न गाह्रो हुन्छ,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहल गरेको भए समुदायले नै स्कुल बनाउन सक्थ्यो । हाम्रो पीडा कसैले बुझेन ।’ 
भवन नबनेकै कारण थुप्रै विद्यार्थी अन्यत्र गएको शिक्षक पूर्णबहादुर शाहीले बताए । ‘कक्षाकोठा नहुँदा विद्यार्थी अरू स्कुल सरिसके’ उनले भने, ‘पहिले २ सय २५ विद्यार्थी उपस्थित हुन्थे, अहिले ५० हाराहारीमा मात्रै आउँछन् ।’ उनका अनुसार कक्षा आठका एक, सातका तीन, छका चार, पाँचका छ, चारका १३, तीनका १०, दुईका ९ र एक कक्षाका १० विद्यार्थी मात्र नियमित आउँछन् । बाँकी विद्यार्थी लेखपराजुलकै काल्पानी, डुंगीखोला, भर्‍याङ र छिन्चुका स्कुलमा भर्ना भएका छन् । नजिकको विद्यालय नबनेपछि उनीहरू पढ्नकै लागि दिनहुँ एक घण्टा हिँड्न बाध्य छन् । 
जनज्योतिमा एक स्थायी र एक अस्थायी दरबन्दीका शिक्षक छन् । निजी स्रोतबाट चार जना राखिएको छ । ‘विद्यार्थीलाई ओत लगाउन गतिलो पालसमेत पाइएन,’ व्यवस्थापन समिति अध्यक्ष गंगबहादुर राम्जाली मगरले भने, ‘शिक्षा कार्यालयले दिनलाई दियो तर एक बर्खा पनि टिकेन । त्यही पनि खुइलियो ।’ कक्षा एकदेखि आठसम्मका विद्यार्थी छ्यासमिस बस्नुपर्ने अवस्था छ । प्रधानाध्यापक खड्गबहादुर खड्काले विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भनेर खुला चौरमै राखेर भएपनि नियमित स्कुल सञ्चालन गर्ने गरेको बताए । उनले भने, ‘कसैलाई लेख्न, कसलाई पढ्न लगाउँछौं । सबै शिक्षक भए वरपरका डाँडामा लगेर सिकाउँछौं ।’ 
अरू स्कुलमा पढ्न गएका कतिपय विद्यार्थी परीक्षा दिन भने जनज्योतिमै आइपुग्छन् । त्रैमासिक, अर्धवार्षिक परीक्षामा छिन्चु गएका बाहेक सबै विद्यार्थी सामेल भएको प्रधानाध्यापक खड्काले जानकारी दिए । ‘भवन निर्माण भएपछि विद्यार्थी फर्किने आशामा छौं,’ उनले भने । जिल्ला शिक्षा कार्यालयको सहयोगमा ३२ लाखको लागतमा चारकोठे पक्की भवन बन्दै छ । चार लाखमा शौचालय । त्यो भवन बनिसक्दा पनि सबै कक्षालाई पुग्ने गरी छुट्टाछुट्टै कोठा भने पुग्दैनन् । विद्यालयका अनुसार थप पाँच कोठा आवश्यक पर्नेछ । 
रामेछापको गौस्वारा खारपानी माविका विद्यार्थी पनि लामो समयदेखि यस्तै सकसमा छन् । बाँसले घेरेर बनाइएका कक्षाकोठा अधिकांश भत्किसकेका छन् । बाँकी रहेका थोरै कोठा पनि जाडो थेग्न सकिने खालका छैनन् । कापकापबाट पस्ने सिरेटोले विद्यार्थीलाई हैरानी खेलाउँछ । सबै जना एकै ठाउँ कोचिएर बसेका छन् भूकम्पले भत्किएको भवन पुनर्निर्माण नगरिँदा एकदेखि पाँच कक्षासम्मका विद्यार्थी एउटै कोठामा पढिरहेका छन् । 
‘विद्यालय भवन भूकम्पले भत्कायो, त्यसपछि सरकारले बनाइदिएको अस्थायी अध्ययन केन्द्र पानीले कुहिएर गयो,’ प्रधानाध्यापक उद्धव थापा भन्छन्, ‘आजभोलि कोठा नभएर कक्षा १ देखि ५ सम्मका ३८ विद्यार्थी एकै ठाउँ राखेर पढाइरहेका छौं ।’ अहिले पूरै विद्यालय जम्मा ६ वटा कोठामा चलिरहेको छ । ती कोठामा २ सय १० विद्यार्थी अटाएका छन् । तर, जीर्ण भइसकेका ती कोठामा जाडोले कामिरहेका हुन्छन् उनीहरू । प्रधानाध्यापक थापा भन्छन्, ‘चिसो बेस्सरी छ, सुइटर लगाएर आउनु भनेका छौं तर पनि धेरैको आङमा तातो लुगा हुँदैन । क्षतिग्रस्त भवन कहिले बन्ने टुंगो छैन ।’ 
खारपानीको मात्र समस्या होइन यो । भूकम्पले भवन भत्किएका सबैजसो विद्यालय समान पीडामा छन् । अघिल्लो वर्षको हिउँदमा कष्टपूर्वक पढेका विद्यार्थी यसपालि पनि त्यही अवस्था भोग्न बाध्य भइरहेका छन् । प्राय सबै विद्यालयमा अस्थायी अध्ययन केन्द्र बनाइएका थिए । ती सबै बाँसले वेरीएकाले अधिकांश नास भएर गए । बाँकी रहेका पनि अध्ययनका लागि उपयुक्त छैनन् । ‘जाडोमा बसिसक्नु हुँदैन, गर्मीमा हावा र धुलोले हैरान पार्छ, पानीको बाछिटा पसेर भिजाउँछ,’ कुभुकास्थलीको भगवती निमाविका प्रअ भरतवहादुर वस्नेतले भने । भगवती निमाविमा एउटै अस्थायी केन्द्रमा ४ वटा ससाना कोठा बनाइएको छ । भएजति विद्यार्थी त्यहीँ कोचिएका छन् । बाहिरको चिसो हावा भित्रै आइपुग्छ, माथिबाट शीत चुहिन्छ । त्यहाँ पनि कक्षा २ र ३ का विद्यार्थी एउटै कोठामा राखिएको छ । 
उक्त निमाविका लागि जर्मन सहयोगमा फाड्स नेपालले चारकोठे भवन बनाउन कागजी प्रक्रिया अघि बढाएको थियो तर काम अझै सुरु भएको छैन । सरासर काम हुँदा पनि भवन बन्न कम्तीमा एक वर्ष लाग्ने विद्यालयले जनाएको छ । भूकम्पले जिल्लाका ४ सयभन्दा बढी विद्यालयमा क्षति पुगेको छ । सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन बनाउने योजना अघि सारेको छ तर काम असाध्यै सुस्त छ । केही विद्यालय पुनर्निर्माणका लागि बल्ल बोलपत्र आहान गरिएको छ । यही गतिले जाँदा सबै विद्यालय भवन पुननिर्माण सक्न दशक लाग्ने देखिन्छ । 
केही विद्यालय भने विभिन्न संघसंस्थाको सहयोगमा निर्माण भएका छन् । सेमी पर्मानेन्ट भवन बनेकाले त्यहाँ पठनपाठन केही सहज छ । यस्ता विद्यालयको संख्या जिल्लाभर ५० हाराहारी मात्र छ ।
विद्यार्थी फर्किए 
रुकुम– जनज्योति आधारभूत विद्यालय मुरु ३ सल्लेरीडाँडामा विद्यार्थी बढेका छन् । मंसिर ३० गतेसम्म ३ जना मात्रै विद्यार्थी रहेको उक्त विद्यालयमा मंगलबारसम्म ३४ जना विद्यार्थी पुगेका छन् । गत मंसिर ३० गते कान्तिपुर दैनिकमा समाचार प्रकाशन भएपछि शिक्षकले पठनपाठन व्यवस्थित बनाउने भन्दै अभिभावक भेला बोलाएका थिए । भेलामा विद्यालयका तर्फबाट पठनपाठन व्यवस्थित बनाउने प्रतिबद्धता भएसँगै अभिभावक छोराछोरीलाई जनज्योति फर्काउन तयार भएका हुन् । 
बाल शिक्षादेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयको कक्षा ५ मा मात्रै ३ जना विद्यार्थी थिए । अहिले सबै कक्षामा विद्यार्थी भर्ना भएका छन् । प्रध्यानाध्यापक भीमबहादुर पुनले मंगलबारदेखि अर्धवार्षिक परीक्षा सुरु भएको जानकारी दिए । उनका अनुसार बालशिक्षामा ११ जना, १ कक्षामा ५ जना, २ मा ५ जना, ३ मा ५ जना, ४ मा २ जना र कक्षा ५ मा ५ जना विद्यार्थी परीक्षामा समावेश भए । यसअघि पठनपाठन गरेको विद्यालयसँग समन्वय गरेर विद्यार्थीको मूल्यांकन गरिने विद्यालयले जनाएको छ । 
‘समाचारले सबैका आँखा खोलिदियो,’ प्रअ पुनले भने, ‘यस क्षेत्रका सबै अभिभावकले टाढा पठाएका विद्यार्थी अहिले यहीँ पठाउन थाल्नुभएको छ ।’ पठनपाठनमा लापरबाही गरेको भन्दै त्यस क्षेत्रका अभिभावकले आफ्ना छोराछोरी निजी तथा टाढाका सामुदायिक विद्यालयमा पठाएका थिए । 


http://kantipur.ekantipur.com/news/2017-01-04/20170104081708.html

टेलिकमको ‘फोरजी’ सेवा आजबाट सञ्चालनमा आयो


काठमाडौँ, १७ पुस, नेपाल टेलिकमले आजदेखि चौथो पुस्ताको मोबाइल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । विगत १८ वर्षदेखि जिएसएम सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जिएसएम प्रविधिमा भएको नवीनतम् उपलब्धिलाई अवलम्बन गर्दै ‘लङ टर्म इभोलुसन’९एलटिई० सेवाका रूपमा फोरजी सेवा आजदेखि सञ्चालनमा ल्याएको हो ।
सेवाग्राहीको चाहना र आवश्यकतालाई प्राथमिकतामा राखी सञ्चार क्षेत्रमा विकसित प्रविधिलाई यथाशीघ्र अवलम्बन गर्ने प्रयास स्वरूप प्रारम्भिक चरणमा काठमाडौँ उपत्यका र पोखरामा यो सेवा सुरू गरिएको हो । फोरजी सेवाको माग र सेवाग्राहीबाट व्यक्त चाहना अनुरूप अन्य क्षेत्रमा समेत क्रमिक रूपमा विस्तार गर्ने टेलिकमको योजना रहेको छ ।
एलटिई प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी हो । यो प्रविधिमार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य–दृश्य सामग्रीलगायत बढी ब्यान्डविथ आवश्यक हुने इन्टरनेट सामग्री सजिलै डाउनलोड तथा अपलोड गर्न सकिनेछ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले यहाँ आज आयोजित कार्यक्रममा फोरजी सेवाको प्रारम्भ गर्दै अन्य देशको तुलनामा नेपाल अहिले पनि सूचना प्रविधिमा कमजोर रहेको अवस्थामा फोरजी सञ्चालनमा ल्याउनु आफैँमा सकारात्मक भएको बताए ।
सो अवसरमा उनले मन्त्रालयअन्तर्गत रहेको हुलाक सेवालाई गाउँगाउँमा सूचना दिने माध्यमका रूपमा विकास गर्ने तयारी भइरहेको समेत जानकारी दिए । ‘नेपालको आकाशमा नेपालको आफ्नै भूउपग्रह (स्याटलाइट), नेपालको धर्तीमा नेपाली झन्डा अभियान’अन्तर्गत सरकारले अन्तरीक्षमा नेपालको आफ्नै स्याटलाइट राख्ने तयारी गरिरहेको मन्त्री कार्कीको भनाइ छ ।
मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरूङले सूचना र प्रविधिमा आएको परिवर्तनलाई अङ्गीकार गर्दै फोरजी सञ्चालनमा ल्याइएको बताए ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवा सञ्चालनपश्चात कम्पनीको बजार हिस्सा र राजस्वमा उल्लेख्य रुपमा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।
‘स्टार ४४४ ह्याच’ डायल गरी फोरजी सेवा चालु गर्न सकिने
फोरजी सेवा प्रयोग गर्न आफ्नो मोबाइल फोनमा फोरजी चल्ने र सोही अनुरुपको सीम कार्ड हुनुपर्दछ । आफूले प्रयोग गरिरहेको सीमबाट फोरजी सेवा सुरु गर्न ‘स्टार ४४४ ह्याच’ डायल गरी प्राप्त निर्देशनअनुरूप सीम परीक्षण गर्न तथा फोरजी सेवा सूचारू गर्न सकिनेछ । हाललाई यो सेवा जिएसएम पोस्टपेड मोबाइलमा मात्र उपलब्ध हुनेछ ।
फोरजी सेवा काठमाडौँ उपत्यकामा दूरसञ्चार कार्यालयहरू – चाबहिल, हात्तीगौँडा, गोङ्गबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोरजी चल्ने सीम (यू–सीम) प्राप्त गर्न सकिने टेलिकमका वायरलेस सेवाका निर्देशक अशोक थापाले जानकारी दिए । फोरजी सेवालाई थ्रीजी र टुजी सेवाको दरमा नै उपलब्ध गराइनेछ ।
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले विश्वका अन्य मुलुकमा पहिले नै सञ्चालनमा ल्याइएको फोरजी सेवालाई नेपालले ढिलै भए पनि सञ्चालनमा ल्याउनु सकारात्मक भएको बताए ।
- See more at: http://aajakokhabar.com/news-details/1787/2017-01-01#sthash.ER1NxYnc.dpuf

सर्वोच्चको निर्णयलाई सम्मान गर्छौं, पुस २२ को प्रदर्शन रोक्दैनौं

  • एमाले स्थायी समितिको निर्णय
कान्तिपुर संवाददाता , कृष्णप्रसाद खनाल  ,  काठमाडौं;

पुस १९, २०७३- एमाले स्थायी कमिटीले यही पुस २२ गते हुने भनिएको प्रदर्शन नरोक्ने निर्णय गरेको छ । उसले सर्वोच्च अदालतले सोमबार गरेको निर्णयलाई सम्मान गर्ने उल्लेख गर्दै संविधान संशोधन फिर्ता गर्न सरकारलाई पुन आग्रह गरेको छ । 
'प्रदेश सभाको सहमतिबिना प्रदेशको सीमांकन हेरफेर हुन सक्दैन भनी संविधानमा उल्लेखित व्यवस्था र हाम्रो पार्टीको अडानलाई सर्वोच्च अदालतको हिजोको फैसलाले थप पुष्टि गरेको छ' बैठक पछि सचिव योगेश भट्टराईले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, 'बैठकले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन र राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।'
विकसित नयाँ परिस्थितिका सन्दर्भमा संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेका संघर्षरत ९ राजनीतिक दल लगायत व्यवस्थापिका संसदमा रहेका राजनीतिक दलहरुसहित विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग परामर्श गरी पार्टीले भावी कदमको बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको उल्लेख गरिएको छ ।


http://bit.ly/2iys5gO

लामो समयदेखि रामेछापमा औषधि अभाव

, रामेछाप

पुस १९, २०७३- मागबमोजिम औषधि उत्पादक कम्पनीले आपूर्ति गर्न नसक्दा रामेछापमा नागरिकले नि:शुल्क पाउने औषधिको अभाव चुलिएको छ । जिल्लाका दर्जनौं स्वास्थ्य संस्थामा सामान्य सिटामोल र रोग प्रतिरोधात्मक एन्टिवायोटिक औषधिहरु पाइन छाडेको छ ।
पुरानागाउँ स्वास्थ्य चौकीमा आँखा र ग्याष्टिकका लागि औषधि सकिएको डेढ महिना भयो । ‘धेरै बिरामी ग्याष्टिककै आउँछन्’ चौकीका प्रमुख राजकुमार आरण भन्छन्– त्यही औषधिचाहिँ चलाउन पाइएको छैन । आँखाको समस्या पनि उत्तिकै आउने गरेको उनले सुनाए । धेरै बिरामी आउने स्वास्थ्य चौकीमा पर्ने पुरानागाउँमा औषधि सकिएपछि कम बिरामी हुने चिसापानी र पिङ्खुरी गाविसमा रहेका स्वास्थ्य संस्थाको औषधि लगेर आरणले काम चलाए । त्यसरी लगिएको औषधि पनि केही दिन अघिबाट सकियो । ‘जिल्ला स्वास्थ्यको गोदाममा म आफैं पुगेर हेरे त्यहाँ पनि छैन’ उनले दुखेसो पोखे ।
 
बिरामीको संख्या न्यून हुने गाविसमा भने औषधिको अभाव त्यति भइसकेको छैन । भूकम्प अतिप्रभावित दुरागाउँमा अझै डेढ महिनालाई पुग्ने औषधि रहेको स्वास्थ्य चौकी प्रमुख गौरीशंकर ठाकुरले बताए ।
 
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशकुमार शाहका अनुसार गएको तीन महिना अघिनै औषधि खरिदका लागि टेण्डर भएको थियो । टेण्डर भएकोमध्ये अधिकांश औषधि जिल्लाको स्टोरमा आइसकेको छ । तर केही औषधि बजारमा उपलब्ध नभएका कारण आपूर्ति हुनसकेको छैन । पुरै औषधि नआइ स्टोर दाखिला र वितरण गर्न उपकरणका  कारण सकिँदैन । स्वास्थ्यले प्रयोग गर्ने उपकरण एकै औषधिको पटक पटक दाखिलामैत्री छैन ।
टेण्डर गरिएको औषधिमध्ये अलिकति पनि पाइएको छैन भने केही कम परिमाणमा आएको छ । साहका अनुसार टेण्डरमा ३ लाख ट्यावलेट सिटामोल मागिएकोमा हाल १ लाख मात्र जिल्लामा आएको छ । आएको सिटामोल समेत वितरण गर्न सकिएको छैन । औषधि आपूर्ति गर्ने समय बाँकी नै रहेकोले तोकिएको अवधिमा अरु औषधि आइपुग्ने आशामा जिल्ला स्वास्थ्य कार्यालय रहेको छ । धेरै जिल्लाले प्राय: एकै समयमा टेण्डर गरेकाले बजारमा औषधि अभाव सिर्जना भएको हो ।
 
नि:शुल्क वितरण हुने औषधिमध्ये जिल्लाले टेण्डर गरेको २० प्रतिशतका लागि मात्रै हो । ८० प्रतिशत औषधि स्वास्थ्यको केन्द्र र क्षेत्रीय कार्यालयले आपूर्ति गर्ने गर्छ । हरेक चौमासिकमा आपूर्ति गर्नुपर्ने औषधि ५ महिना बितिसक्दा पनि जिल्लामा आएको छैन । माथिल्लो निकायमा औषधि सकिएको कुरा जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराइसकेको छ ।
जिल्लामा औषधि आएपछि पनि सम्बन्धित स्वास्थ्य चौकीमा औषधि पुर्‍याउन केही दिन लाग्छ । केही गाविसमा अझै सडक सडक सुविधा नपुग्दा औषधि ढुवानी समस्या बन्दै आएको छ । जिल्लामा औषधि हुनासाथ अत्यावश्यक भएका स्वास्थ्यचौकीलाई जिल्ला स्वास्थ्यले आफ्नो र सार्वजनिक भाडाका साधन लगाएर भए पनि चाँडोभन्दा चाँडो औषधि आपूर्ति गर्ने जनाएको छ ।
   
प्रकाशित: पुस १९, २०७३


http://bit.ly/2hMqgQd
पुस १९, २०७३- 
तस्बिर: कृष्ण प्रसाद  खनाल 
पश्चिमी वायुको प्रभाव (वेष्ट्रन्ली डिस्ट्रभेन्स)का कारण उत्पन्न भएको मौसमी गडबडीले आइतबार र सोमबार काठमाडौं उपत्यका लगायत मुलुकका पहाडी र हिमाली अधिकांश भागमा वर्षा तथा हिमपात भयो ।
काठमाडौंमा सोमबार राति ठूलै पानी पर्‍यो । लामोसमय पानी नपर्दा उपत्यका तुँवालोले ढाकिएको थियो । जसले गर्दा भिजिविलिटी कम थियो । तर आइतबार र सोमबार पानी परेपछि मंगलबार बिहान तुँवालो हट्यो, आकाश खुल्यो र नजिकैका हिमाल टलक्कै टल्कियो ।
मंगलबार बिहानै भक्तपुरको घ्याम्पेडाँडाबाट देखिएका केही दृश्यहरु ।

http://krishnadstudio.blogspot.in

http://bit.ly/2hMWYBb