‘सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा’
- 6 डिसेम्बर 2016
PM SECRETARIAT
दलहरुबीच बढ्दो राजनीतिक ध्रुविकरण रोक्ने विकल्पको रुपमा सरकार स्थानीय चुनावको मिति घोषणा गर्ने तयारीमा लागेको सरकारका प्रवक्ताले जनाएका छन्।
प्रमुख विपक्षी नेकपा एमालेले संविधान संशोधनविरुद्ध संदनमा अवरोध गरिरहेका बेला सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले चुनावको मिति घोषणा गर्न दलीय छलफल गरिने बताए।
चुनावमा जान तयार रहेको बताउँदै एमालेका एकजना नेताले प्रदेश सिमाङ्कनको हेरफेर सहितको संशोधन भने अघि बढ्न नदिने अडान व्यक्त गरेका छन्।
चुनाव गराएर संविधान कार्यान्वयनमा जानु पर्ने माग एमालेले सार्वजनिक रुपमा गरिरहेका बेला सरकार चुनाव घोषणाको मनस्थितिमा पुगेको देखिन्छ।
तयार
टाढिँदै गएका दलहरुबीच त्यो सहमतिको बिन्दु हुनसक्ने आशा सरकारले लिएको संचारमन्त्री सुरेन्द्र कार्की बताउँछन्।
उनले भने, "एमालेको अडानले संशोधनको विषयलाई निकाश दिने देखिन्न। त्यसैले चुनावमा नजाने भो भन्ने उहाँहरुको चिन्तालाई पनि संगसंगै सम्वोधन गर्ने भनेर अगाडि बढिरहेका छौं।"
त्यसको निम्ति सरकारले छिट्टै औपचारिक छलफल थाल्ने उनको भनाई छ।
एमाले सचिव प्रदीप ज्ञवाली आफ्नो दल चुनावको निम्ति सधैं तयार रहेको बताउँछन्।
चालवाजी
तर उनी भन्छन्, "चुनाव हुने अवस्थामा एमाले जहिले पनि सहभागी हुन्छ र सघाउँछ। तर अहिले सरकारले चुनाव नगरी गर्न खोजेको थियो भन्ने चालवाजी मात्र गर्न खोजेको देखिन्छ।"
प्रदेशको सिमाना हेरफेरको प्रस्ताव प्रदेशसभामा पठाउनु पर्ने संवैधानिक व्यवस्था उद्धृत गर्दै एमालेले संशोधनको प्रस्ताव असंवैधानिक रहेको भन्दै संसद अवरोध गरिहेको छ।
PM SECRETARIAT
सचिव ज्ञवाली त्यसबारे सरकारको जवाफ सुन्न र न्यायालयको निर्णयको पर्खाइमा रहेको बताए।
उनले भने, "हामी सरकारले संवैधानिकतामाथि प्रश्न उठाउँदै अनावश्यक द्वन्द्व बढाउने प्रस्ताव तत्काल फिर्ता लेओस र अदालतमा रीट समेत दायर भएकाले उसको निर्णयको पनि प्रतिक्षामा छौं।"
राजनीतिक दिशा
संशोधनको माग गर्दै आन्दोलन गरेको संघीय गठबन्धन पनि संशोधन प्रस्तावबाट सन्तुष्ट देखिएको छैन भने सरकारको महत्वपूर्ण घटक राप्रपाले पनि संशोधनप्रति असन्तुष्टि दर्शाइसकेको छ।
कांग्रेस र माओवादी केन्द्रभित्रै समेत मतभेद देखिएका सन्दर्भमा मन्त्री कार्की भन्छन्, "राज्यको पुनर्संरचना पनि गर्ने भन्ने तर सिमलीका बुटा पनि हल्लाउन हुँदैन भन्ने कुरा धेरै दिन चल्दैन नि। हाम्रो आशा छ, हिउँ पग्लिन्छ।"
तर दलबीचको मतभेदका माझ चुनावलाई मिलनबिन्दु बनाउन खोज्ने सरकारलाई वर्तमान राजनीतिक गतिरोधबाट तत्कालै उम्काउने महत्वपूर्ण भूमिका आन्दोलनरत संघीय गठबन्धनको निर्णयमा देखिन्छ।
राजनीतिक विवाद लम्बिँदै गएमा भने न्यायालयको निर्णयमा भावि राजनीतिक दिशा निर्भर हुन पुग्नेछ।
सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ। बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला। कामको दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्न सक्छन्। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउने समय छ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। बलजफ्ती गर्नाले काम बिग्रन सक्छ। (नेपाली पात्रो)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। महत्वपूर्ण काममा अनायासै बाधा वा हस्तक्षेप हुने देखिन्छ, सचेत रहनुहोला। केही दण्ड–जरिवाना पनि सम्भावना छ। हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। केही जरिवानामा परिने सम्भावना छ। शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। (नेपाली पात्रो)
महिना मिश्रित प्रकारको रहनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। तर घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ। महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्। समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका हुने र परिवारजनमा असन्तुष्टि बढ्ने समय छ । जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। (नेपाली पात्रो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्। आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
स्वास्थ्यमा मौसमी गडबडीले सताउन सक्छ। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। अधिकार जोगाउन कडा रूपमा प्रस्तुत हुनुपर्ला। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद अउन सक्छ। अवसरका लागि अलि दौडधुप गर्नुपर्ने समय छ। परिवारजनको सहमति नजुट्नाले आँटेको काममा विलम्ब हुनेछ। आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ । (नेपाली पात्रो)
घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिवारजनमा केही असमझदारी बढ्न सक्छ। चोटपटक, ज्वरो जस्ता समस्या पनि देखा पर्न सक्छन्। आमाको स्वास्थ्यस्थिति कमजोर बन्न सक्छ। घरेलु समस्याले केही चिन्ता बढाउला। तापनि, प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुटाउने प्रयास गर्नुहोला। अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला। प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइमा असमझदारी बढ्ने सम्भावना छ। समाजमा प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट हुन सक्छ। प्रतिष्ठा जोगाउन सफल रहनुहोला। (नेपाली पात्रो)
ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पराक्रम बढ्नेछ भने प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा चुनौती देखापर्न सक्छन्। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। सामाजिक प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुने समय आएको छ। (नेपाली पात्रो)
परिस्थितिलाई बेवास्ता गर्दा क्षेत्राधिकार संकुचित बन्न सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले सताउन सक्छ। समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। विपरीत लिंगीहरूको माध्यमबाट सामान्य लाभ होला। मन मिल्ने साथीभाइ टाढिन सक्छन्। प्रेम सम्बन्धमा पनि समस्या आउन सक्छ। (नेपाली पात्रो)
ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। यस महिनामा आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ। लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला। दौडधुप र प्रयत्नले मात्र काम नबन्न सक्छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिएला। वादविवाद र झैझगडाबाट टाढै बस्नुहोला। विपरीत लिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन्। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। (नेपाली पात्रो)
नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। एक पछि अर्को गर्दै महत्वाकांक्षा पूरा हुन सक्छ। ठूला काम गर्दा भने अलि सजग रहनुहोला। (नेपाली पात्रो)
कीर्तिमानी काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। भौतिक साधन समेत जुट्ने समय छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। घरमा मंगलमय कार्य सम्पादन हुने समय छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
नयाँ प्रडक्टको शुभारम्भ गर्दै नेपालका लागि भारतीय राजदूत रायले नयाँ पेमेण्ट गेटवेले भारतमा रहेका नेपाली दाजुभाइहरुलाई सुरक्षितरुपले घरमा पैसा पठाउन मद्दत गर्ने बताए । कार्याक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आईटीमा आधारित नयाँ सेवा सुभारम्भ गरेकोमा बैंकलाई बधाइ दिए । साथै, केन्द्रीय बैंक लाइसेन्सिङ नीतिमा उदार भएको र बैंक तथा वित्तीय संस्थालाई नयाँ प्रडक्टको विकास र कार्यान्वयन गर्न सधैं प्रोत्साहित र सहयोग गरेको समेत उनले बताए ।
यसैबीच, बैंकले काठमाडौंको केशर महलमा कर्पोरेट शाखाको उद्घाटन गरेको छ । एसबीआई मुम्बइका सिद्धार्थ सेनगुप्ताले एक कार्यक्रमबा बीच सो शाखाको उद्घाटन गरे । नेपाल एसबीआई बैंकले हाल ६२ शाखा कार्यालय र ७ एक्सटेन्सन काउण्टरसहित ६९ कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका तीन क्षेत्रीय कार्यालय र एक कर्पोरेट अफिस तथा मुलुकभर ९१ एटीएम र दुई मोबाइल एटीएम तथा दुई क्यास डिपोजिट मेशिन (सीडीएम) छन् ।
यद्यपी हल्लाले केही प्रभाव पारेको हुन सक्ने उनले बताए । ‘भर्खर भारतले गरेको नोट प्रतिबन्ध र त्यसपछिका हल्लाले केही प्रभाव पारेको हुन सक्छ, तर राष्ट्र बैंकसँग भारु भएकाले यसको अभाव छैन ।’ उनले भने ।
नेपाल राष्ट्र बैंकले नेपालमा रहेका भारु व्यवस्थापनका लागि आन्तरिक तयारी पूरा गरिसक्दा पनि भारत भने मौन छ । आफ्ना नागरिकहरुको समस्यालाई ख्याल गर्दै बैधानिक नोट व्यवस्थापनका लागि निरन्तर पहल गरिरहेको राष्ट्र बैंकले भारतले नोट सटही गरिदिएको अवस्थामा कसरी प्रभावकारी ढंगले नोट साटिदिनेसम्मको तयारी पुरा गरी बसेको छ । उसले नोट सटहीमा कोही अन्यायमा नपरुन् र बैधानिक भारुमात्रै साटियोस् भनेर एउटा सफ्टेवेर समेत बनाइसकेको छ । जसको माध्यमबाट भारतको सर्तअनुसार बैधानिक भारुमात्रै एकजना नेपालीले २५ हजारसम्म साट्न पाउँछन् । राष्ट्र बैंकले यतिका तयारी पूरा गरिसके पनि भारतले भने ‘ठाडा कान’ लगाएको छैन । नेपालीसँग रहेका २५ हजारसम्म भारु सटही गरिदिने नैतिक दायित्व भएपनि भारत अहिलेसम्म मौन बसेको हो ।







