Friday, January 6, 2017

जहाँ मान्छे मरेपछि अन्तिम संस्कारकाे सट्टा गिद्धलार्इ खुवाइन्छ

death-body 
Sponsored by Revcontent



एजेन्सी । कुनै व्यक्तिको मृत्यु पछि उसको शवलाई के गरिन्छ ?सहजै उत्तर आउँछ जलाएर नष्ट गरिन्छ, जमिनमा गहिरो खाल्डो खनेर व्यवस्थित तरिकाले श्रद्धपूर्वक सम्मान गरिन्छ अथवा व्यवस्थित तरिकाले उस्को अन्तिम संस्कार गरिन्छ ।
तर, विश्वमा यस्ता परम्परा पनि छ, जहाँ मानिसको मृत्युपछि उसको आत्माको शान्तिको प्रार्थना गर्दै शवलाई गिद्धलाई खान दिइन्छ । यो कुनै झुट र कथा होइन ।यो संस्कार मान्ने समुदायमा मृत्युपछि उसको शव गिद्धलाई खुवाए उ गिद्ध जस्तै उडेर स्वर्गमा जाने विश्वास छ ।
तिब्बतमा हजारौं वर्षदेखि चल्दै आएको यो परम्पराको नाम हो, नियिंगमा परम्परा (स्काई बुरियल) । तिब्बतमा रहेको यो परम्परा विशेषगरी बौद्ध समुदायले मान्छन् ।हुनत नेपालकै डोल्पामा केही समुदायले पनि मृत्युपछि यसरी नै गिद्धलाई शव टुक्रा टुक्रा पारेर खुवाउँछन् ।
- See more at: http://purbelinews.com/71413#undefined.gbpl

2 साल के बच्चे ने अलमारी के नीचे दबे जुड़वां भाई को ऐसे बचाया, आप हो जाएंगे हैरान

VIDEO Viral: 2 साल के बच्चे ने अलमारी के नीचे दबे जुड़वां भाई को ऐसे बचाया, आप हो जाएंगे हैरान
Viral Video: 2 साल के बच्चे की बहादुरी...

खास बातें

  1. 2 साल का बच्चा पूरी ताकत लगाकर अपने भाई को बचाता है
  2. सुनने में यह थोड़ा मुश्किल लगता है लेकिन वीडियो देखकर हो जाएंगे हैरान
  3. सोशल मीडिया पर यह वीडियो हो रहा है वायरल
नई दिल्ली: अमेरिका के उटाह में एक दो साल के बच्चे ने अपने जुड़वां भाई को बचाया. दरअसल, खेलते-खेलते अलमारी बच्चे एक ऊपर गिर गई थी. बच्चे का पूरा शरीर इसमें फंस गया था. 2 साल के बच्चे से इस तरह समझदारी और दिलेरी की उम्मीद करना मुश्किल लगता है, लेकिन ऐसा हुआ है.

वीडियो में दिख रहा है कि कैसे दोनों बच्चे अलमारी की खुली ड्रॉर पर चढ़ने की कोशिश कर रहे हैं कि तभी यह पूरी तरह से दोनों बच्चों पर पलट जाती है, जिसमें एक अपने पैरों को खींचते हुए बाहर निकल जाता है, लेकिन दूसरा बच्चा फंसा रह जाता है और लगातार रोता रहता है.

दूसरा बच्चा लगातार भारी टेबल को हटाने का रास्ता खोजता दिखता है. वह अकेला होता है और अपने दर्द से कराहते भाई को मदद देने की कोशिश करता है. थोड़ी देर तक उसे कामयाबी नहीं मिलती, लेकिन बाद में वह पूरी ताकत लगाकर धीरे-धीरे ड्रेसिंग टेबल को खिसकाकर अपने भाई को बाहर निकालता है. कितनी कम उम्र के बच्चे से ऐसे समझदारी भरे व्यवहार की उम्मीद नहीं कर पाते हैं.

बच्चों की मां कायली शॉफ ने एक टीवी से कहा कि उन्होंने अलमारी के गिरने की कोई आवाज नहीं सुनी. उन्होंने पूरी घटना को बाद में वीडियो में देखा.

बच्चे के पिता ने रविवार को फेसबुक पर इसका वीडियो लिंक शेयर किया है. उन्होंने लिखा है कि उनका बेटा ठीकठाक है.पिता ने फर्नीचर से होने वाली दुर्घटनाओं को लेकर लोगों को जागरूक किया है.

सोशल मीडिया में यह वीडियो काफी वायरल हो रहा है. वीडियो की शुरुआत में देखनेवालों का दिल दहल जाता है, लेकिन जैसे ही बच्चा सुरक्षित बाहर निकल जाता है तो सब राहत की सांस लेते हैं.
.. 

योगेश भट्टराईले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘बेल्खुको पुलमा रातो बत्ती बलेको छ, यात्रा नगर्नुहोला’

तस्विर ;- कृष्ण प्रसाद खनाल / इटहरी 
योगेश भट्टराईले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘बेल्खुको पुलमा रातो बत्ती बलेको छ, यात्रा नगर्नुहोला’

२२ पुस । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सर्वोच्च अदालतले संविधान संशोधन प्रस्तावका विषयमा गरेको फैसला संवैधानिक हिसाबले सही निर्णय भएको बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक हिसाबमा भन्ने हो भने राजनीतिक दलहरुबीच हुन आँटेको द्वन्द्व र भिडन्तलाई सर्वोच्चको फैसलाले रोकेको छ,’ उनले भने, ‘युद्धको परिभाषाबाट भन्ने हो भने युद्धविरामको अवस्था सिर्जना भएको छ र सबैले एक पटक सोच्नु पर्ने अवस्था आएको छ ।’
भट्टराईले एमालेले संवैधानिक रुपमा उठाएको कुरालाई सही सावित गरेको पनि दाबी गरे । उनले एमालेले पटक–पटक धारा २७४ लाई गलत भन्दै आएको र त्यसलाई पुष्टि गरेको पनि दाबी गरे । उनले बुद्धिजीविहरुले पनि त्यही भनेको स्मरण गराए ।
उनले एमालेले सीमांकनबाहेक अरु विषयमा छलफल गर्न तयार रहेको भन्दै असंवैधानिक कदमलाई संसद्मा टेबुल गर्न नै नदिएको दाबी गरे । ‘हामीले पछिल्ला दिनमा गोर्खाली भाषामा भन्दै आएका थियौँ । हामीले सीमांकन बाहेकका कुरा व्यवस्थापिका संसदमा लिएर आउनुहोस् भनेका थियौं,’ उनले भने, ‘एमाले विकल्प बिना अघि बढ्दैन । एमाले निकै अनुभव सँगालेको पार्टी हो । यो पार्टी तीन–तीन जना पूर्वप्रधानमन्त्री भएको पार्टी हो । त्यसैले एमालेले कच्चा खेल खेल्दैन ।’
उनले सीमांकनको कुरा असंवैधानिक छ भनेर एमालेले व्यवस्थापिका संसद्मा जान नदिएको पुनः स्मरण गराउँदै भने– ‘सर्वोच्चले बकाइदा यो प्रस्तावलाई संवैधानिक होइन भनेको छ । त्यसैले सभामुखले पनि सरकारलाई भन्न सक्नुपर्छ, यो संवैधानिक होइन फिर्ता लेऊ ।’
उनले काठमाडौँबाट नारायणघाटको यात्रा गर्दा बेल्खुको पुल भत्किएको छ भने यात्रा नगर्दा नै राम्रो हुने भन्दै सरकारलाई रातो बत्ती बलेको बेला पुल क्रस नगर्न आग्रहसमेत गरे । ‘रातो बत्ती बलेको छ,’ उनले भने, ‘पुलको मुखमा बस्नुहोस्, हरियो बत्ती बलेपछि जानुहोला ।’
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भन्दा पनि प्रधानमन्त्री प्रचण्डको बढी चिन्ता लागेको पनि बताए । ‘उहाँ अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले देश खत्तम बनाउनुभयो भने बर्बाद नै हुन्छ । त्यसैले मलाई मेरो पार्टी अध्यक्षको भन्दा उहाँको चिन्ता लागेको छ ।’
उनले संसद् चल्ने र नचल्ने एमालेको हातमा नभएको भन्दै सरकारले अदालतको फैसलालाई कसरी सम्मान गर्छ त्यसमा भर पर्ने बताए । ‘उहाँहरुले हाम्रो मागलाई कसरी सम्बोधन गर्नुहुन्छ, त्यसमा भर पर्छ,’ उनले भने, ‘प्र्रधानमन्त्रीले अदालतको फैसलाप्रति चित्त बुझाउनुभएको छैन । उहाँलाई सर्वोच्चको फैसलाले हत्कडी लगाएको छ । उहाँ कसरी बढ्नुहुन्छ, त्यसैमा भर पर्छ ।’

ओलीको सडकबाटै प्रश्न– ‘संविधानका पाना काट्नेहरुलाई अहिले किन संविधान संशोधन चाहियो ?

तस्विर ;;  कृष्णप्रसाद  खनाल 
 
ओलीको सडकबाटै प्रश्न– ‘संविधानका पाना काट्नेहरुलाई अहिले किन संविधान संशोधन चाहियो ?

२२ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ०७४ माघ ७ गतेसम्म संविधान कार्यान्वयन नभए संवैधानिक संकट आउने भन्दै सरकारलाई समयावधी भित्रै संविधान कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सुझाव दिएका छन् ।
सरकारलाई संविधान संशोधन विधेयक फिर्ता लिन र तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिने उद्देश्य नेकपा (एमाले) सहित व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलले बृहद् जनप्रदर्शनमा यस्तो सुझाव दिएका हुन् ।
ओलीले कुनै समय संविधानका पानाहरु काट्नेहरु नै अहिले संविधान संशोधन गर्नु पर्ने भन्दै आएको भन्दै त्यहाँ गम्भीर षडयन्त्र लुकेको आरोप लगाए । उनले संविधान संशोधनका नाममा राष्ट्रियतालाई आघात पार्ने काम भैरहेको पनि उनले जिकिर गरे ।
‘अहिले तासको पत्ती खेलाए जसरी संशोधनका नाममा राष्ट्रियतालाई आघात पार्ने काम भैरहेको छ,’ उनले भने, ‘हामी त्यसलाई असफल बनाउँछौँ ।’

एमाले रहेसम्म देशलाई विखण्डन हुन दिदैँनौः उपाध्यक्ष गौतम

एमाले रहेसम्म देशलाई विखण्डन हुन दिदैँनौः उपाध्यक्ष गौतम

२१ पुस । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले एमाले जीवित रहँदासम्म देशलाई विखण्डन हुन नदिने बताएका छन् । नेकपा (एमाले) सहित ९ राजनीतिक दलले भोलि राजधानीमा गर्न लागेको बृहत जनप्रदर्शनको तयारी तीब्र भइरहेकै बेला बिहीबार बिहान एमाले केन्द्रीय कार्यालयमा स्वयम्सेवकका लागि निर्देशन क्रममा उपाध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा उपाध्यक्ष गौतमले अनुशासित र चनाखो भएर काम गर्न स्वयम्सेवकहरूलाई निर्देशनसमेत दिएका थिए । अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र सानदार ढंगले सम्पन्न गर्न पनि गौतमले निर्देशन दिएका थिए । उनले जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेहरूलाई सफल हुन नदिने उद्घोष पनि गरे ।
यसै क्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै भोलिको प्रदर्शनलाई भव्य बनाउन तीव्र तयारी भएको उल्लेख गरेका छन् । भोलिको जनप्रदर्शनलाई व्यवस्थित गर्न एमालेको नेतृत्वमा पाँच सय स्वयम्सेवक परिचालन गरिने भएको छ । भोलिको जनप्रदर्शनको प्रचार–प्रसारका लागि पुस २१ गते अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंबाट मोटरसाइकल ¥याली आयोजना गरिएको छ । उक्त स्थानबाट सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगेर मोटरसाइकल ¥याली समापन हुनेछ ।
भोलि पुस २२ गतेको जनप्रदर्शन अपरान्ह १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउनेछन् । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सो सभालाई ९ राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पुस २२ गतेको जनप्रदर्शन र त्यसअघि हुने मोटरसाइकल ¥यालीलगायतका प्रचार–प्रसारका कामहरूले आम सर्वसाधारणको आवतजावतमा कठिनाई नहोस् भन्ने कुरामा आयोजक पार्टीहरू सचेत रहेको सचिव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक, राष्ट्र र जनविरोधी, सामाजिक सद्भाव र एकताविरुद्ध प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावलाई असफल पार्दै नेपाल राष्ट्र र नेपाली जनताको भविष्यलाई सुनिश्चित गर्ने ध्येयले आयोजना गरिएको भोलि पुस २२ गतेको जनप्रदर्शनमा सहभागी भई नेपाली जनताको सुदृढ एकता प्रदर्शनमा आम जनसमुदायमा अपिल गर्दछौं ।’

Wednesday, January 4, 2017

Nepal
Image result for nepalCountry in South Asia


Nepal, officially the Federal Democratic Republic of Nepal, is a landlocked country in South Asia with a population of 26.4 million. It is a multiethnic nation with Nepali as the official language. Kathmandu is the nation's capital and largest city. Wikipedia
Dialing code+977
CurrencyNepalese rupee

रंगकर्मी विष्णुभक्त फुयाँलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन 

बुधबार, २० पुष २०७३ ;; कृष्ण प्रसाद खनाल 


काठमाडौं, पुस २० । रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको मंलबार निधन भएको छ । उनको संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित र बद्री अधिकारीले निर्देशन गरेको नाटक ‘महर्षि याज्ञबल्क्य’ मा नाचघरमा अभिनयकै क्रममा निधन भएको हो ।
नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दैगर्दा हृदयघात भएपछि विरअस्पताल पुर्याइएका उनलाई ६ बजे चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई अहिले प्रज्ञा भवन कमलादीमा राखिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि वरिष्ठ कलाकर्मी, राजनीतिज्ञ, पत्रकार, आफन्त तथा शुभचिन्तकको घुइाचो लागेको छ ।
उनले तीतो सत्य, मधुमालती, इन्द्रावती लगायत दर्जनौं टेलिफिल्म र चलचित्रहरुमा अभिनय गरेका छन् । टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा निकै चर्चित थिए ।
उनको जन्म १९९४ साल भदौ २३ गते भक्तपुरमा भएको थियो । उनका तीन छोरा रहेका छन् ।