काठमाडौं । सुदूर पश्चिम नेपालको कञ्चनपुरमा भारतीय सेनाले नेपाली सुरक्षाकर्मी तथा जनतामाथि गरेको ज्यादतीको विरुद्धमा सोमबार राजधानीको लाजिम्पाटमा प्रदर्शन गरिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राजदूताबास काठमाडौं अगाडि प्रदर्शन गरेको हो । कञ्चनपुर जिल्लाको पुनर्वासमा केही दिनअघि नेपाली भूमिका छिरेर भारतीय एसएसबीले गरेको ज्यादतीका विरुद्ध सोमवार दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म भारतीय राजदूतावास अगाडि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सिमानामा काँडे तार अभियान र राष्ट्र निर्माण शक्तिद्वारा विरोध सभा आयोजना गरिएको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जनाए ।
विरोध सभालाई सम्बोधन गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र दोमोदरदास मोदीलाई राक्षस र पशुको संज्ञा दिँदै भाषण गरेका थिए । उनले दूतावासमार्फत् सिस्नोको मुठो मोदीलाई उपहार पठाउन गरेको प्रयास नेपाली सुरक्षाकर्मीहरुको असहयोगका कारण सफल हुन नसकेको जनाएका छन् ।
दूतावास जान प्रहरीले रोकेपछि प्रहरी र मोर्चाबीच सिस्नोको गुच्छा तानातान भएको थियोे । कञ्चनपुर घट्नाको विरोध कार्यक्रममा सिमानामा काँडे तारका संयोजक तथा नायक नवल खड्का र पूर्व मन्त्री लालबहादुर विश्वकर्माले पनि सम्बोधन गरेका थिए
हेर्नुहोस भिडियो सहित